गृहपृष्ठ सुन्दरहरैँचा नगरपालिकामा १८ कर निःशुल्क (सूची सहित)
सुन्दरहरैँचा नगरपालिकामा १८ कर निःशुल्क (सूची सहित)
देशभर अनुचित कर लिइएको भन्दै विरोध भइरहेका बेला मोरङको सुन्दरहरैँचा नगरपालिकाले भने १८ शिर्षकमा कर निःशुल्क गरेको छ । नगरपालिकाले पञ्चेबाजा दर्ता, अपांगता भएका व्यक्तिहरुको सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, बसाईसराई दर्ता, बिवाह दर्ता, सम्बन्ध बिच्छेद दर्ता, वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको सिफारिस, घर टहरामा आगलागी भएको सिफारिस, अल्पसंख्यक दलित, गरिब र पिछडावर्गको लागि नागरिकता सिफारिस, सबै प्रकारका अनुसूचि फारम, पुर्णत कृषिमा आधारित सहकारी, शवबाहन नगरभरी, दमकल सेवा, इन्टरनेट लगायतका शेवा निःशुल्क गरेको छ ।
यसैगरी महिलाको नाममा दर्ता भएको व्यवसायमा २० प्रतिशत, विद्यार्थीका लागि गरिने सबै सिफारिस ५० प्रतिशत र २५ लाख सम्मको उद्योग सिफारिसका लागि ५० प्रतिशत छुट गरिएको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।

प्रकाशित समय १८:१० बजे
















