गृहपृष्ठ कञ्चनपुरका सिडियो र प्रहरी प्रमुख फेरिए

कञ्चनपुरका सिडियो र प्रहरी प्रमुख फेरिए

home-minestry-newskarobar

गृह मन्त्रालयले कन्चनपुरको प्रहरी प्रमुखमा कुवेर कठायत र प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई पठाएको छ । तारानाथ अधिकारी केही समय अघिमात्र कास्कीको सिडियोबाट कारागार विभागमा सरुवा भएका थिए । कठायत यसअघि महोत्तरीका प्रमुख थिए ।

गृह मन्त्रालयमा बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले कन्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हाे । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिकाको प्रहरीले नक्कली अभियुक्त उभ्याएको भन्दै विरोध प्रदर्शन भएपछि सरकारले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गत साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

प्रकाशित समय १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु