गृहपृष्ठ संवैधानिक परिषद बैठक : प्रधानन्यायाधीशमा मिश्र सिफारिस

संवैधानिक परिषद बैठक : प्रधानन्यायाधीशमा मिश्र सिफारिस

फाइल तस्बिर

संवैधानिक परिषदले बसिरहेको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रलाई सर्वसम्मत सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले वरिष्ठतम न्यायाधीश मिश्रलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि परिषदले अर्को प्रधानन्यायाधीश सिफारिस गरेको हो ।

बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु