गृहपृष्ठ प्रकाण्ड पुनः पक्राउ
प्रकाण्ड पुनः पक्राउ
फाइल तस्बिर
सर्वाेच्चको आदेशमा रिहा भएका विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
बिहीबार सर्वाेच्चले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न आदेश दिएको थियो । सर्वाेच्चको आदेशमा रिहा भएका प्रकाण्डलाई त्यसलगत्तै प्रहरीले पक्राउ गरेको हो ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले बिहिबार प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो । सर्वाेच्चले उनीलगायत विप्लव समूहका कार्यकलाई पनि रिहा गर्न आदेश दिएको थियो ।
प्रकाशित समय १८:५८ बजे

















