गृहपृष्ठ नेपाली क्रिकेट टोलीले ब्लुमफिल्डसँग दोस्रो अभ्यास खेल खेल्दै
नेपाली क्रिकेट टोलीले ब्लुमफिल्डसँग दोस्रो अभ्यास खेल खेल्दै
फाइल तस्बिर
श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले शुक्रबार दोस्रो अभ्यास खेल खेल्दै छ । श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लबसँग नेपालले दोस्रो अभ्यास खेल्न लागेको हो ।
नेपालले बुधबार खेलेको पहिलो खेलमा श्रीलंकाको आर्मी क्रिकेट क्लबलाई ६७ रनले पराजित गरेको थियो ।
मलेसियामा अगस्ट २९ देखि सुरु हुने एसीसी एसिया कप क्रिकेट छनोट खेलको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।
एसिया कप छनोट खेलमा नेपाल, ओमान, सिंगापुर, युएई, हङकङ र मलेसिया रहेका छन् ।
प्रकाशित समय ०८:०९ बजे

















