गृहपृष्ठ विश्व विद्यालयले गुणस्तरमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री

विश्व विद्यालयले गुणस्तरमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री

kp oli_newskarobar फाइल तस्बिर

 

प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आइतबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सरकारले विकासलाई तिव्र गतिमा बढाउनु पर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको प्रधानमन्त्रीको भनाई थियो । ‘विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘त्यहाँ पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी छ ।’

सरकारले देशलाई आवश्यक पर्ने जनशिक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । विश्वविद्यालयहरुले संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनु पर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु