गृहपृष्ठ रोकिएन तराकारी व्यापारीको दादागिरी, बल्खुमा अनुगमन टोलीलाई दुर्व्यवहार

रोकिएन तराकारी व्यापारीको दादागिरी, बल्खुमा अनुगमन टोलीलाई दुर्व्यवहार

दुई व्यापारी पक्राउ

फाइल फाेटाे

काठमाडौंको बल्खु तरकारी बजारमा अनुगमनमा गएको सरकारली अनुगमन टोलीलाई व्यवसायीले दुर्व्यवहार गरेका छन् । सोमबार बिहान अनुगमनका लागि पुगेको टोलीलाई दुर्व्यवहार गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

तराकारीको मूल्य बढेको र बिचौलियाका कारण कृषक र उपभोक्ता मारमा परेको गुनासो आएपछि सरकारले तरकारीमा अनुगमन सुरु गरेको हो । तरकारीको सिन्डिकेट अन्त्य गर्ने सरकारको लक्ष्य छ ।

यसअघि पनि कालिमाटी तरकारी बजारको अनुगमनमा गएको टोलीलाई व्यवसायीले नियन्त्रणमा लिएका थिए ।

प्रकाशित समय ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु