गृहपृष्ठ तेक्वान्दो खेलाडीहरुको बिदाइ

तेक्वान्दो खेलाडीहरुको बिदाइ

ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका नेपाली तेक्वान्दो खेलाडीहरुको बिदाइ गरिएको छ । साेमबार सभामुख कृष्णबहादुर महराको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरी नेपाल तेक्वान्दो संघका खेलाडीहरुको विदाइ गरिएको हो ।

टोलीलाई अबिर माला लगाएर विदाइ गर्दै सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको गरिमा बढाउन खेलाडीहरुलाई आग्रह गरे । ‘उच्च क्षमता प्रदर्शन गरी खेलमा विजय हासिल गर्नुहोला,’ महराले खेलाडीहरुलाई भने, ‘तपाईंहरुको सफलता सिंगो देशकै सफलता हुनेछ, हार्दिक शुभकामना छ ।’

विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली सहभागी हुन लागेको हो । सोमबार कोरियातर्फ लागेको टोलीमा प्रशिक्षक, कप्तानसहित २० जना सहभागी छन् ।

प्रकाशित समय १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु