गृहपृष्ठ निर्मला हत्या प्रकरण : बम दिदीबहिनी थप ६ दिन थुनामा रहने
निर्मला हत्या प्रकरण : बम दिदीबहिनी थप ६ दिन थुनामा रहने
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानविनका लागि पक्राउ गरिएका रोशनी बम र उनकी दिदी कवितालाई ६ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले बम दिदीबहिनीलाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
निर्मला स्थानीय सरस्वती माध्यामिक विदालयमा ९ कक्षामा पढ्दै गरेकी निर्मला गत साउन १० गते बिहान पौने ११ बजेतिर उनी विद्यालयबाट पाएको गृहकार्य गर्नका लागि नोटबूक लिन भन्दै दुई÷अढाइ किलोमिरको दुरीमा रहेको साथी रोशनी बमको घरतिर गएकी थिइन् ।
भोलिपल्ट अर्थात साउन ११ गते बिहान ९ बजेतिर वडा नम्बर १८ र २ को सीमानामा पर्ने सडक छेउमा रहेको लोकेन्द्र भट्टको उखुबारीमा निर्मलाको शव भेटिएको थियो । सोही घटनालाई लिएर कञ्चनपुर झण्डै एकमहिना यता तनावग्रस्त छ ।
प्रकाशित समय १६:५१ बजे

















