गृहपृष्ठ जनयुद्धमा जेल ब्रेक गर्ने विप्लव समूहकी उमा भुजेल पक्राउ

जनयुद्धमा जेल ब्रेक गर्ने विप्लव समूहकी उमा भुजेल पक्राउ

uma-bhujel-newskarobar फाइल तस्बिर

 

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतृ उमा भुजेल पक्राउ परेकी छिन् । पोलिटब्युरो सदस्य भुजेल मंगलबार बालाजुबाट पक्राउ परेकी हुन् । व्यापारीसँग जबरजस्ती धम्काउँदै चन्दा उठाएको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

नेत्री भुजेल माओवादी जनयुद्धमा गोरखा ‘जेल ब्रेक’की कमाण्डरसमेत हुन् । उनी पहिलो संविधानसभामा एकीकृत नेकपा माओवादीबाट संविधानसभा सदस्य थिइन् ।

सोही पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रहरी कठघरामा छन् । अदालतले रिहा गर्न आदेश दिए पनि पटक पटक उनी पक्राउ पर्दै नुवाकोटमा पुर्याइएको छ । प्रहरीले विप्लव नेतृतवको नेकपाका अधिकांश नेता कार्यकर्तामाथि निगरानी बढाएको छ ।

प्रकाशित समय १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु