गृहपृष्ठ बिमस्टेकका कारण तीन घण्टा विमानस्थल अवरुद्ध हुने

बिमस्टेकका कारण तीन घण्टा विमानस्थल अवरुद्ध हुने

बिमस्टेक सम्मेलनका कारण बिहिबार तीन घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुने भएको छ । सम्मेलनमा भाग लिन आउने अतिथिका कारण विमानस्थलबाट हुने नियमति उडान र अवतरण प्रभावित हुने भएको छ ।

सम्मेलनमा भाग लिन भारतीय बिहान ८ः३० बजे भारतीय सेनाको विशेष विहानबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदैछन् । सवा ९ बजे बीबीसी १८७१ को विशेष उडानबाट बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आउनेछिन् ।

सवा १० बजे थाइल्याण्डका राष्ट्रपति जनरल चन ओ चो विशेष विमानबाट काठमाडौं आउँदैछन् । बिहान ८ बजेदेखि झण्डै ११ बजेसम्म विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान रोकिने छ ।

प्रकाशित समय ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु