गृहपृष्ठ बिमस्टेकको शिखर सम्मेलन आजदेखि, सम्पूर्ण तयारी पूरा

बिमस्टेकको शिखर सम्मेलन आजदेखि, सम्पूर्ण तयारी पूरा

सदस्य राष्ट्रका प्रमुखहरुले सम्बोधन गर्ने

bimstec-newskarobar

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौंथो शिखर सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलन बिहिबारदेखि काठमाडौंमा सुरु हुँदै छ । शुक्रबारसम्म चल्ने सम्मेलनको तयारी पूरा भएको सरकारको दाबी छ ।

बिमस्टेकमा नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र थाइल्यान्ड रहेका छन् । सम्मेलनमा नेपाल सहित भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री सेख हसिना, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानको अन्तरिम सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत छान ओछा सहभागी हुने छन् ।

होटल सोल्टीमा हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे उद्धघाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा सदस्य राष्ट्रका प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलमा यसअघी सचिवस्तरीय र मन्त्रीस्तरीय बैठकले तय गरेको एजेन्डामा सदस्य राष्ट्रका प्रमुखहरुले हस्ताक्षर गर्ने छन् । बुधबार बसको मन्त्रीस्तरीय बैठकले सम्मेलनमा प्रस्तुत गरिने एजेन्डा र काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको छ ।

मन्त्रीस्तरी बैठकमा व्यापार तथा लगानी समेटिएको भन्सार सञ्चालन, कृषि, प्रविधि, सार्वजनिक स्वास्थ्य, यातायात तथा सञ्चार शीर्षकमा एक–एक, सडक, पानीजहाज, मोटर–भेइकल एग्रिमेन्टसँग सम्बन्धित तीन, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराधसँग सम्बन्धित दुई, गरिबी निवारणसम्बन्धी तीन, सार्क सचिवालयको प्रशासनिक तथा आर्थिक विषयमा प्रस्तुत दुई प्रतिवेदनबारे मन्त्रीस्तरीय बैठकमा पनि छलफल भएको थियो । शिखर सम्मेलन भोली शुक्रबार सकिने छ ।

प्रकाशित समय ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु