गृहपृष्ठ सुरु भयो बिमस्टेककाे एेतिहासिक चाैथाे शिखर सम्मेलन
सुरु भयो बिमस्टेककाे एेतिहासिक चाैथाे शिखर सम्मेलन
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन शुरु भएको छ । बिहीबार र शुक्रबार दुई दिने शिखर सम्मेलन बिहीबार अपराह्न काठमाडौको होटल सोल्टीमा सुरु भएको हो ।
सम्मेलनको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । उद्घाटन पनि ओलीलले गर्दैछन् । शिखर सम्मेलनलाई सबै सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्नेछन्् । बिमस्टेक सदस्य सबै राष्ट्रका राष्ट्र प्रमुख सम्मेलनमा छन् । सबै सदस्य राष्ट्रहरु नेपाल आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो दिवा भोज दिएकी थिइन् । दिवाभोज सकिएपछि सबै देशका प्रमुखरु होटल सोल्टि पुगेका हुन् । सबै सदस्य सम्मेलनस्थल पुगेपछि सम्मेलन औपचारिक रुपमै सुरु भएको हो ।
बिमस्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बंगलादेश, भारत, म्यान्मा, श्रीलंका थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन् । बंगालको खाडी वरपरका यी देशहरु सामाजिक तथा आर्थिक विकासको सम्भावना र सहयोग आदानप्रदानमा ऐक्यबद्ध हुन बिमस्टेकमा संगठित भएका हुन ।
बिमस्टेकले विभिन्न १४ वटा क्षेत्रलाई आफ्नो कार्यक्षेत्र तोकेको छ । शिखर सम्मेलन हनुअघि बुधबार सम्पन्न बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनको घोषणा पत्रको मस्यौदालाई अनुमोदन गरेको छ ।
प्रकाशित समय १५:४० बजे

















