गृहपृष्ठ शेख हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कने

शेख हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कने

मोदीसँग आजै भेट्ने

hasina_newskarobar 6

बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले सम्मेलन नसकिँदै स्वदेश फर्कने भएकी छन् । शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने हसिनाको कार्यक्रम छ ।

शिखर सम्मेलनको समापन मध्यान्ह १ः४५ बजे हुने परराष्ट्र मन्त्रालयले तयार पारेको तालिकामा उल्लेख छ । हसिना बिहीबार विहान पौने ९ बजे विशेष विमानबाट नेपाल अवतरण गरेकी थिइन् ।

बंगलादेशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण हसिना सम्मेलन नसकिँदै स्वदेश र्फकन लागेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् । बंगलादेशमा करिब एक महिनायता विद्यार्थी अान्दाेलन जारी छ । साथै आम निर्वाचन पनि नजिकिँदै छ ।

उनी सम्मेलनमा सहभागी हुन नआउने बताइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा नेपाल आएकी हुन् ।

बंगलादेशकी प्रधानमन्त्री हसिनाले सम्मेलनको पहिलो दिन बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछिन् । छिमेकी मुलुकका प्रधानमन्त्री मोदीसँग साँझ ६ः४५ बजे भेटवार्ता हुने जनाइएको छ ।

भेटमा आगामी डिसेम्बरमा बंगलादेशमा हुने भनिएको निर्वाचनको विषयमा छलफल हुने बताइएको छ । हसिनाले नेपाल आएलगतै आजै दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरिसकेकी छन् ।

५७ सदस्यीय टोलीको नेतृत्व गरेर बिहीबार विहान काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु