गृहपृष्ठ कैलाश मानसरोवरको दर्शन गरी फर्केका दुई भारतीयको मृत्यु

कैलाश मानसरोवरको दर्शन गरी फर्केका दुई भारतीयको मृत्यु

चीनको कैलाश–मानसरोवर दर्शन गरी फर्कँदै गरेका दुई भारतीय तीर्थ यात्रीको रहस्यमय मृत्यु भएको छ । भारत बेंगलोरका ६१ वर्षीया वसन्ती लक्ष्मी समना र नासिक महाराष्ट्रका ८२ वर्षीया शान्ता बाजिरोहावाको मृत्यु भएको हो। चीनको ताक्लाकोटमा मृत्यु भएका उनीहरुको ताक्लाकोटमै पोष्टर्माटम गरी नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रवीन श्रेष्ठले जानकारी दिए ।

शान्ता बाजिरोहवाको हिल्सामा रहेको स्नेहा होटेलमा खाना खाएर सुतेका र राति अचानक मृत्यु भएको हिल्सा सिमाना प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । हालसम्म मानसरोवर कैलाश दर्शन गर्नका लागि हुम्लाको हिल्सा नाका हुँदै कैलाश दर्शन गर्न जाने १३ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । गएको जेष्ठ २३ गते ६९ वर्षीय प्रशोक्तम प्रभाकरण र जेठ ३० गते ६९ वर्षकी त्रिवेनी अग्रवालको हिल्सामा लेक लागेर मृत्यु भएको थियो भने असार ४ गते ४५ वर्षका स्वामी रामानन्दपुरी महामणडेश्वरको चीनमा मृत्यु भएको थियो । त्यसैगरी असार १२ गते ६८ वर्षकी सिन सबरवाल हुम्लाको सिमकोटमा र असार १७ गते ६८ वर्षकी भिनिता सन्जय खेडेकरको चीनमा मृत्यु भएको थियो । असार १८ गते ५६ वर्षका लिलानारायण मन्डरदत्त हुम्लाको सिमकोट र असार १८ गते ६४ वर्षका नारायण सुब्बा रोयको चीनको ताक्लाकोटमा मृत्यु भएको थियो ।

प्रकाशित समय ०६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु