गृहपृष्ठ एसिया कप छनोटमा नेपालको पहिलो जित, मलेसिया १९ रनले पराजित
एसिया कप छनोटमा नेपालको पहिलो जित, मलेसिया १९ रनले पराजित
एसिया कप छनोटमा नेपालले पहिलो जित निकालेको छ । यसअघि अोमन र यूएर्इसँग लगातार पराजित भएको नेपालले मंगलबार मलेसियालार्इ १९ रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दिपेन्द्रसिंह एेरीको ५४ तथा अारिफ शेखको ६४ रनको सहयोगमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । नेपालका अन्य ब्याट्सम्यानले अाज पनि राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान पारस खड्काले १३ रन बनाए ।
१९८ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० अोभरमा ९ विकेट गुमाउँदै १६९ रनमात्र जोड्न सक्यो । मलेसियाको पारी ध्वस्त बनाउने क्रममा वसन्त रेग्मीले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले दुर्इ/दुर्इ विकेट लिए ।

अर्को खेलमा हङकङसँग यूएर्इ १८२ रनले पराजित भएको छ । दुर्इ खेलमा जित निकाल्दै ४ अंक जोडेको यूएर्इको ठूलो अन्तरको हारले नेपाललार्इ फाइदा पुग्नेछ । त्यसका लागि नेपालले हङकङ र सिंगापुर दुवैलार्इ ठूलो अन्तरले हराउनुपर्नेछ । तीन खेलमा तीन खेल नै जितेको अोमन भने ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।
प्रकाशित समय १५:४५ बजे

















