गृहपृष्ठ पीएसजीकाे लगातार चौथो जित, एमबाप्पेले पाए रातोकार्ड

पीएसजीकाे लगातार चौथो जित, एमबाप्पेले पाए रातोकार्ड

फ्रेन्च लिग वानमा पीएसजीले लगातार चौथो जित हात पारेको छ । नेयमार र एमबाप्पे रहेको पीएसजीले निम्सलाई ४–२ ले पराजित गर्दै चौथो जित हात पारेको हो ।

पीएसजीको लागि नेयमार, एमबाप्पे, काभानी र डि मारीयाल गोल गरे । नेइमारले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । निम्सका लागि एन्टोनिन तेजी सभानिरले गोल गरेका थिए । खेलको अन्त्यमा दुबै टिम १० खेलाडीमा सिमित भएका थिए ।

पीएसजीका एमबाप्पे र निम्सका तेजीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा सिमित भएकाे  हो । जितसँगै पीएसजी लिगको शिर्ष स्थानमा छ ।

प्रकाशित समय ०९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु