गृहपृष्ठ एसिया कप छनोट : सिंगापुरले नेपाललाई दियो १५२ रनको चुनौती
एसिया कप छनोट : सिंगापुरले नेपाललाई दियो १५२ रनको चुनौती
फाइल तस्बिर
एसिया कप छनोट प्रतियोगितामा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाउन सक्यो ।
सिंगापुरलाई १५१ रनमै समेट्न ललित नारायण राजवंशीले र सन्दीप लामिछानेले समान ३—३ विकेट लिएका थिए । त्यस्तै, नेपालका सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।
नेपालले केहिबेरमा ब्याटिङ गर्ने छ । अघिल्लो चरणमा जनाको लागि नेपालले आज जित्नै पर्ने दाबाब छ । यसअघि हिजो भएको खेलमा नेपलाले मलेसियालाई १९ रनले हराएको थियो ।
नेपाल पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।
प्रकाशित समय १०:१० बजे

















