गृहपृष्ठ आर्थिक समस्याका कारण बेलहिया बुटवल सडक निर्माणमा ढिलाई, पुरा हुन दुई अर्ब लाग्ने
आर्थिक समस्याका कारण बेलहिया बुटवल सडक निर्माणमा ढिलाई, पुरा हुन दुई अर्ब लाग्ने
बेलहिया– आठ वर्ष अगाडि सुरु गरिएको बुटवल ६ लेनका सडक शुरुमा नै आर्थिक समस्याका कारण पुरा हुन सकिएको थिएन, अवस्था अहिले पनि उहि छ । प्रयाप्त बजेट नहु“दा निर्माण अवधि टाढिएको छ । आगामी भदौसम्म सडक विस्ता पुरा गर्ने लक्ष्य लिए पनि पुरा हुने सम्भावना भने कम दखिन्छ । अब पनि यस्तै चाल हुने हो भने आयोजनाको काममा अवरोध आउने आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले बताए । बुटवलको तीन किलोमिटर र भैरहवासम्मको निर्माण गर्न अझै २ अर्ब लाग्ने देखिएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले माग अनुसारको बजेट बिनियोजन गरेमात्रै अवको पा“च महिनामा सडक बिस्तार सकिने उनले बताए ।
आर्थिक वर्ष २०७३/0७४ मा ७२ करोड रूपैया“ चालु आर्थिक वर्षमा ५८ करोड मात्रै बिनियोजन भएको छ । यस मध्ये ५० करोड खर्च भैसकेको अधिकारीले बताए । बजेटस“गै नदीजन्य सामग्रीको समेत अभाव झेलिरहेको छ । अझै २ लाख ५० हजार घनमिटर्र आवश्यक रहेको नदीजन्य पदार्थ जिल्ला समन्वय समितिले करिव ७० हजार घनमिटर मात्रै उत्खनन्को अनुमति दिएको छ । अझै १ लाख ८० हजार घनमिटर नदीजन्य सामाग्री आवश्यक रहेको उनले बताए ।
२४ किलोमिटर सडक मध्ये अब १०.८ किलोमिटर सडक कालोपत्रे गर्न बा“की छ । भलवारीदेखि पत्थरडा“डासम्म कालोपत्रेको काम भैरहेको, त्यस्तै मणिग्रामदेखि मंगलापुरसम्मको काम पनि तीव्र रुपमा अगाडि बढेको अधिकारीले बताए ।
२०६६/०६७ मा सुरु भएको यस सडक मार्ग विस्तार तीन वर्षमा सक्ने लक्ष्य लिइएको थियो । तर काम तीव्र गतिमा अघि बढ्न सकेन । अव पनि दुई अर्व रुपैया“ बजेट बिनियोजित भएमात्र आगामी भदौ या असोजसम्म सकिने छ । उक्त बजेट बेलहियादेखि ७५० मिटर बाईपास सडक बिस्तारका लागि समेत हो । ५ अर्व ८६ करोड लागतको ६ लेन सडकका लागि अहिलेसम्म ३ अर्व ८५ करोड रुपैयाँ खर्च भैसकेको उनले बताए ।
प्रकाशित समय १९:१९ बजे

















