गृहपृष्ठ कांग्रेसकै नेताहरु भन्छन्– बिपीको विचार, सिद्धान्त र व्यवहारविपरीत गयौं

कांग्रेसकै नेताहरु भन्छन्– बिपीको विचार, सिद्धान्त र व्यवहारविपरीत गयौं

nepali-congress-www.newskarobar.com

जननायक विपी कोइरालाको विचार, सिद्धान्त र व्यवहारविपरीत नेपाली कांग्रेस उद्यत हुनाले लोकप्रियतामा प्रश्न चिह्न लागेको धारणा कांग्रेसकै नेताले व्यक्त गरेका छन् ।

कांग्रेस धनुषाद्वारा आइतबार जनकपुरमा आयोजित विचार गोष्ठीका वक्ताहरूले विपीका विचार, सिद्धान्तलाई औपचारिकताको परिधिमा सीमित गर्नुले कांगे्रसको संगठन कमजोर भएको बताए ।

मुलुकको रााष्ट्रियता जोगाएर जनाधिकार सुरक्षित गर्दै विकासका लागि कुन विधि र शासनपद्दति अवलम्बन गर्नुपर्छ भन्ने सन्दर्भमा सिद्धान्त नै प्रतिपादन गरेका कारण जननायक कोइरालाप्रति मुलुकका सबै दलको हृदयतः आदरभाव रहेको उनीहरुले बताए ।

प्रदेश नम्बर २ प्रदेशसभा कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले विपी कोइरालाले मुलुकका आर्थिक, राजनीतिक, कूटनीतिक लगायतका क्षेत्रमा बसालेको जगमा मुलुक अडिएको टिप्पणी गरे ।

जिल्ला सभापति महेशशंकर गिरीको अध्यक्षतामा भएको सो गोष्ठीमा पूर्व सांसद दिनेश परसैला, शिवधारी यादवलगायतले जनताले आफैँले आफ्नो संविधान निर्माण गर्न वि.सं. २००६ मा विपीले अगाडि सारेको मिसन पूरा भएकाले त्यसलाई सफल, संस्थागत गर्ने दायित्व सबैको भएको बताए ।

(रासस)

प्रकाशित समय १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु