गृहपृष्ठ साफ च्याम्पियनसिप फाइनल : उपाधिका लागि भारत र माल्दिभ्स भिड्दै

साफ च्याम्पियनसिप फाइनल : उपाधिका लागि भारत र माल्दिभ्स भिड्दै

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र माल्दिभ्स भिड्दै छन् । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा आज (शनिबार) साँझ पौने ७ बजेदेखि खेल सुरु हुनेछ । सेमिफाइनलमा भारतले पाकिस्तानलाई ३–१ र माल्दिभ्सले नेपाललाई ३–० ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

भारतले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलका उपाधि सात पटक हात पारेको छ । सात पटक उपाधि हात पारेको भारत निरन्तरता दिने दाउमा छ भने माल्दिभ्स इतिहास रच्ने दाउका साथ मैदान उत्रदै छ ।

प्रकाशित समय ०९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु