गृहपृष्ठ संसदीय समितिका सभापतिहरुको सपथ

संसदीय समितिका सभापतिहरुको सपथ

parliament-newskarobar

मिनी संसदका सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । सभामुख कृष्णबहादुर महराले शुक्रबार १० वटै विषयगत समितिका सभापतिहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

विषयगत समितिको शुक्रबार बसेको बैठकले समितिका सभापति निर्विरोध निर्वाचित गरेपछि सभामुख महराले पद तथा गोपनियताका सपथ खुवाएका हुन् ।

लेखा समितिको सभापति भरतकुमार शाह, अर्थ समितिको सभापतिमा कृष्णप्रसाद दाहाल, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेल, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल, शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्ती, विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणी खड्का, उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा विमल श्रीवास्तावले सपथ लिएका हुन् ।

१० वटा समिति मध्ये ८ वटामा नेकपा सभापति भएका हुन् । लेखा समिति कांग्रेस र उद्योग वाणिज्य तथा उपभोक्ता हित समिति संघीय फोरमले पाएको हो ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु