गृहपृष्ठ बूढीगण्डकी गेजुवालाई दिनु ‘दुर्भाग्यपूर्ण’ : कमल थापा
बूढीगण्डकी गेजुवालाई दिनु ‘दुर्भाग्यपूर्ण’ : कमल थापा
फाइल तस्बिर
राप्रपा अध्यक्ष कमल थापाले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने सरकारको निर्णयको आपत्ति जनाएका छन् ।तत्कालीन ऊर्जामन्त्री हुँदा थापाले सो आयोजना चिनियाँ कम्पनी गेजुवाबाट खोसेर स्वदेशी लगानीमै बनाउने निर्णय गराए । अहिले सरकारले सो आयोजना गेजुवालाई नै दिने निर्णय गरेपछि अध्यक्ष थापाले आपत्ति जनाएका हुन् ।
थापाले ट्विट गर्दै भनेका छन्, ‘बूढीगण्डकी जलबिद्युत आयोजना फेरी गेजुवालाई दिने वर्तमान सरकारको निर्णय दुर्भाग्यपूर्ण छ ।’
बुढिगण्डकी जलबिद्युत आयोजना फेरि गेजुवालाई दिने वर्तमान सरकारको निर्णय दुर्भाग्यपूर्ण छ।गेजुवासंगको सम्झौता किन खारेज गरियो भन्ने बुझ्न मैले २०७४ कार्तिकमा प्रेषित गरेको बिचार एकपटक पढौं।
“नेपालीले पनि गर्न… https://t.co/f0PrqzrcvW— Kamal Thapa (@KTnepal) September 24, 2018
यसअघि, पूर्वप्रम बाबुराम भट्टराईले पनि सरकारको निर्णयप्रति आपत्ति जनाएका थिए । सरकारले शुक्रबार बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो ।
यो पनि पढ्नुस्
प्रकाशित समय १४:१५ बजे

















