गृहपृष्ठ यू–१९ एसिया कप क्रिकेटबाट नेपाल बाहिरियो

यू–१९ एसिया कप क्रिकेटबाट नेपाल बाहिरियो

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल अफगानिस्तानसँग तीन विकेटले पराजित भएसँगै बाहिरिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ३१ रनमात्र बनाउन सक्यो ।

३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन बनाएको हो । अफगानिस्तानले ३७ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु