गृहपृष्ठ बंगबन्धु गोल्डकपको उद्घाटन खेलमा अाज नेपाल र ताजिकिस्तान भिड्ने

बंगबन्धु गोल्डकपको उद्घाटन खेलमा अाज नेपाल र ताजिकिस्तान भिड्ने

football-newskarobar

बंगलादेशमा बंगबन्धु गोल्डकपको नयाँ संस्करण आज सुरु हुँदैछ ।

उद्घाटन खेलमा साविक विजेता नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार सवा ६ बजदेखि सिलेट डिस्ट्रिक्ट रंगाशालामा सुरु हनेछ । ताजिकिस्तानसँग नेपालले गएको वर्ष दुई खेलमा हार व्यहोरेको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालमै भएको खेलमा २–१ र ताजिकिस्तानकै मैदानमा ३–० ले पराजित भएको थियो ।

डिफेण्डर रोहित चन्द र गोलरक्षक किरण चेम्जोङ भने विदेशमा व्यवसायिक लिग खेलिरहेकाले टोलीमा छैनन् । यसअघिको संस्करणमा नेपालले बहराइनको अन्डर–२३ टोलीलाई पराजित गर्दे उपाधि जितेको थियो ।

नेपाल रहेको समूह ए मा ताजिकिस्तान र प्यालेस्टाइन रहेका छन् । नेपालले समूहको दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनको सामना गर्नेछ ।

प्रकाशित समय ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु