गृहपृष्ठ दसैंमा ठग्ने व्यापारीमाथि सरकारको विशेष निगरानी
दसैंमा ठग्ने व्यापारीमाथि सरकारको विशेष निगरानी
खाद्य वस्तुबारे उजुरीको तत्कालै सम्बोधन गरिने
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलाई लक्षित गर्दै विशेष अनुगमन अघि बढाएको छ । दसैं, तिहार र छठजस्ता चाडपर्वमा अपराध नियन्त्रण तथा उपभोक्ता ठगी रोक्न भन्दै अनुगमन बढाईएको विभागले जनाएको छ । चाडपर्वका बेलामा अखाद्य पदार्थ बेच्ने तथा खाद्य वस्तुमा मिसावट र दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक रूपमा बढाउने सक्ने अनुमान गर्दै विभागले विशेष संयन्त्र परिचालन गरेको हो ।
यो बेला मिसावट र ठगी नियन्त्रण गर्न विशेष अनुगमन अघि बढाएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । खानेकुरामा मिसावट गर्नेलाई कारबाही गर्ने विशेष टोली नै बनाइएको उनले जानकारी दिए । ‘चाडपर्वका बेला आउने नागरिकका गुनासालाई सम्बोधन गर्न तत्कालै परिचालन हुन सक्ने गरी विशेष टोलीसमेत बनाएका छौँ,’ उनले भने ।
कुनै स्थानबाट खाद्य वस्तुको सन्दर्भमा उजुरी आएमा तुरुन्त टोली परिचालन गर्न ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरेको उनले बताए । राजमार्ग, होटल व्यवसाय, मिठाइ पसल, तरकारी र खाद्यान्नमा विशेष टोली परिचालन हुने महानिर्देशक गौचनको भनाइ छ ।
उपभोक्ताकर्मी भन्छन् : मौसमी अनुगमन
सरकारी निकायले विशेष सुरक्षा र अनुगमन कार्य अघि बढाइएको भनेर दाबी गरिरहँदा उपभोक्ताकर्मीले खभने मौसमी योजना भन्दै आलोचना गरेका छन् । उपभोत्ताकर्मी ज्योति बानीयाँले भने, ‘यो अनुगमन सधैं हुनुपर्ने हो, तर चाडबाडमा अनुगमन गरेजस्तो गर्ने प्रवृति छ, अर्काे कुरा अनुगमनलाई प्रभावकारी बनाएमा मात्र यसको सार्थकता उपभोक्ताले महशुस गर्न पाउँछन् ।’
प्रकाशित समय १९:०६ बजे

















