गृहपृष्ठ सुन तस्करी प्रकरण : एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा
सुन तस्करी प्रकरण : एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा
३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या तथा संगठित अपराधमा मुछिएका दुई प्रहरी अधिकृकतको निलम्बन फुकुवा भएको छ । उच्च अदालतले विराटनगरबाट साधारण तारेखमा रिहा भएका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा भएको हो ।
अदालतबाट साधारण तारेखमा छुटिसकेपछि उनीहरुकोे कानुनीरुपमै निलम्बन हटिसकेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । त्रिभुवन विमानस्थलबाट भएको ३८ क्वीन्टल बढी सुन तस्करी र सुन तस्करीमा मुछिएका सनम शाक्यको हत्याप्रकरणमा उनीहरु पक्राउ परेका थिए ।
उनीहरुलाई जिल्ला अदालत मोरङले पुपक्र्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका उनीहरुविरुद्ध उचित प्रमाण र साक्षी नभेटिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
प्रकाशित समय १८:०२ बजे

















