गृहपृष्ठ सडकमा गृहमन्त्रीको सिंहदरबार भित्र आइजीपीको राजीनामा माग
सडकमा गृहमन्त्रीको सिंहदरबार भित्र आइजीपीको राजीनामा माग
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन भएको छ । हत्या भएको दुई महिना बढि हुँदा पनि हत्यारा पक्राउ नगरेको भन्दै अधिकारकर्मीले सिंहदरबार अगाडी प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै चर्को नारा लगाएका थिए । उनीहरुले उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदन समेत सार्वजनिक गर्न माग गरेका थिए ।
सिंहदरबार बाहिर गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै प्रदर्शन चलिरहँदा सिंहदरबार भित्र नेकपा नेकट विद्यार्थी संगठनले भने आइजीपी सर्वेन्द्र खनालको राजीनामा माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
यो पनि पढ्नुस्
अनेरास्ववियुले माग्यो आइजीपी खनालको राजीनामा
प्रकाशित समय १३:४२ बजे

















