गृहपृष्ठ यु–१८ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

यु–१८ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

football-newskarobar

भुटानमा जारी साफ अन्डर एटिन महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्र्र्रवेशका लागि आज नेपाल र भारत भिड्दै छन् ।

थिम्पुस्थित चाङलिमिङ्थान मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ । नेपाल समूह चरणमा उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले बंगलादेशसँग २–१ को हार ब्यहोरेको थियो । समूह चरणमा नेपालले पाकिस्तानलाई १२–० को गोलअन्तरले पराजित गरेको थियो ।

समूह ए को विजेता भारतले भुटानलाई ४–० ले र माल्दिभ्सलाई ८–० ले पराजित गरेको थियो ।

प्रकाशित समय ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु