गृहपृष्ठ यसकारण अनेरास्ववियुले माग्यो आइजीपी खनालको राजीनामा

यसकारण अनेरास्ववियुले माग्यो आइजीपी खनालको राजीनामा

नेकपा निकट विद्यार्थी संगठनले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले असहयोग गरेकाले बर्खास्त गर्न माग गरिएको स्पष्ट पारेको छ ।

काठमाडौंमा शुक्रबार अनेरास्ववियु र अनेरास्ववियु (क्रन्तिकारी) का नेताले आइजीपी खनालले प्रहरीलाई परिचालन गर्न नसकेकोले बर्खास्त गर्न माग गरेको बताएका हुन् । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेस बर्तौलाले आइजीपी खनालले सरकारलाई असहयोग गरेकाले राजीनामा माग गरेको बताए । त्यस्तै क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले आइजीपी खनाललाई बर्खास्त नै गर्नुपर्ने बताए ।

दोषीलाई बचाउन प्रहरी नै लागेकाले आइजीपी खनाललाई बर्खास्त गर्नुपर्ने उनले बताए । आइजीपी खनाललाई बर्खास्त गर्नुपर्ने माग राख्दै विद्यार्थी संगठनले बिहीबार गृहमन्त्री रामबहादुर थापाई ज्ञापनपत्र समेत बुझाएका थिए । विद्यर्थी नोहरले चाडपर्व नजिकिएसँगै इन्धन, खाद्यबस्तु लगायतको मूल्य बढेको भन्दै तत्काल मूल्य वृद्धि घटाउन सरकारलाई आग्रह गरे ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु