गृहपृष्ठ प्रदेश ३ को प्रदेशसभामा राजधानीबारे छलपफल सुरू

प्रदेश ३ को प्रदेशसभामा राजधानीबारे छलपफल सुरू

Pradesh-3-newskarobar

प्रदेश ३ को प्रदेशसभामा ५ जिल्ला राजधानीका लागि उपयुक्त भएको प्रतिवेदन पेश भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा सम्भाव्यता अध्ययन विशेष समितिले राजधानीका लागि ५ जिल्ला उपयुक्त भएको प्रतिवेदन  पेश गरेको हो ।

समितिले काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुर राजधानीको लागि उपयुक्त भएको प्रतिवेदन तयार पारेको छ । समितिले नागरिकको सहज हुने गरि ५ जिल्ला मध्ये एउटालाई राजधानी तोक्न सुझाव दिएको छ । समितिले गत जेठ २६ गते नै समितिले प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित समय १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु