गृहपृष्ठ टी–ट्वान्टी विश्वकप छनोट : नेपालद्धारा भुटानसामु १५१ रनको लक्ष्य
टी–ट्वान्टी विश्वकप छनोट : नेपालद्धारा भुटानसामु १५१ रनको लक्ष्य
फाइल तस्बिर
टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया उपक्षेत्रीय छनोटअन्तर्गत नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ ।
मलेसियाको युकेएम क्रिकेट ओभलमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनायो । प्रदिपसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान गरे । कमजोर मानिएको भुटानसामु ऐरीबाहेक नेपाली ब्याट्सम्यान खुेलेर खेल्न सकेनन् । अनलिकुमार साहले २७ रन जोडे । यस्तै दिपेन्द्रसिंह ऐरीे १५, आरिफ शेखले १३ रन बनाए । करण केसी ११ रन बनाउदै नट आउट रहे ।
आजको खेलमा भुटानलाई पराजित गरे नेपाल दुई खेलअगाडि नै एसिया छनोटको फाइनल चरणमा पुग्नेछ ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो । थाइल्यान्डलाई भने १४० रनले हराएको नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।
प्रतियोगिताका शीर्ष ३ टोली टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछन् ।
प्रकाशित समय ०९:२१ बजे

















