गृहपृष्ठ नेकपाको चियापान दसैंपछि
नेकपाको चियापान दसैंपछि
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दसैं नेपाल संवत, दीपावली छठ लगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते चियापान गर्ने भएको छ । पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रममा रुपान्तरण गर्न नेकपाले तयारी गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा महासचिव विष्णु पौडेलको उपस्थितिमा मंगलबार बसेको बैठकले व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नम्बर ३ कमिटी, उपत्यका कमिटी र जनसंघठनलाई परिचालन गर्ने निर्णय गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।
विगतमा तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) ले अलग अलगरुपमा चियापनको आयोजना गर्दै आएका थ्रिए । गत जेठ ३ गते दुई पार्टीको एकतापछि पहिलोपटक चियापन कार्यक्रम आयोजना हुन लागेको हो । चियापान काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने नेकपाको तयारी छ ।
(रासस)
प्रकाशित समय १५:४५ बजे

















