गृहपृष्ठ प्याराग्लाइडिङका पदकधारी खेलाडीलाई नागरिक अभिनन्दन

प्याराग्लाइडिङका पदकधारी खेलाडीलाई नागरिक अभिनन्दन

इण्डोनेसियामा हालै सम्पन्न १८ औं एसियाली खेलकुदमा रजत पदक जित्ने नेपाली प्याराग्लाइडिङ खेलाडीलाई पोखराको छोरेपाटनमा नागरिक अभिनन्दन गरिएको छ ।

स्थानीय डेभिजफल क्लबको संयोजनामा स्थानीय करिब ४० वटा संघ संस्थाहरुले बुधबार एक समारोहबीच प्याराग्लाइडिङका पदकधारि खेलाडीहरुलाई नागरिक अभिनन्दन गरिएको क्लवका अध्यक्ष गोपाल बरालले बताए ।

पोखरा महानगरपालिका–१७ का वडा अध्यक्ष तिर्थराज अधिकारी, क्लबका अध्यक्ष गोपाल बराल लगायतले पदकधारि खेलाडीको टोलीलाई सम्मान–पत्रका साथै दोसल्ला, फूलमाला र अविर लगाएर सम्मान गरेका हुन् । एसियाली खेलकुदमा २० वर्षदेखि नोपलले कास्य पदक भन्दा माथि हात पार्न नसकेको अबस्थामा आफ्नो क्षेत्रका खेलाडीहरुले रजत पदक ल्याएको खुसियालीमा पदकधारि खेलाडीहरुको टोलीलाई सम्मान गरिएको अध्यक्ष बरालले जनाए ।

सम्मानित हुने खेलाडीहरुमा कप्तान बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् । त्यसै मुख्य प्रशिक्षक योगश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउत छन् । त्यस्तै टिमम सहभाागी महिला तीन जना खेलाडीलाईसमेत सम्मान गरिएको छ । सम्मानित हुने महिला खेलाडीमा पाइलट त्रिषा श्रेष्ठ बमजन, प्रतिभा भुजेल र सविता तामाङ छन ।

घटस्थापनाको अवसमरा पोखराको छोरेपाटनमा दुर्गा मन्दिर संरक्षण समितिले समेत फुलमालाले खेलाडीहरुलाई सम्मान गरेको छ । पोखराको छोरेपाटनमा बाजागाँजा सहितको र्यालीमा खेलाडीहरुलाई सहभागि गराउदै सम्मान गरिएको थियो ।

प्रकाशित समय १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु