गृहपृष्ठ अमेरिकामा आँधीका कारण १३ जनाको मृत्यु, ३ लाख प्रभावित

अमेरिकामा आँधीका कारण १३ जनाको मृत्यु, ३ लाख प्रभावित

अमेरिकामा माइकेल नामक शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु भएको छ । आँधीबाट ३ लाख ७० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन् । उनीहरुलाई सुरक्षित स्थामा जान आग्रह गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकाको फ्लोरिडा धेरै प्रभावित भएको छ । प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा आँधी आएको बीबीसीले उल्लेख गरेको छ । आँधीका कारण धेरै घरमा क्षति पुगेको छ ।

यातायात समेत अवरुद्ध भएको छ । अमेरिकामा झण्डै एक सय वर्षपछि यति ठूलो आँधी आएको अधिकारीहरुको दाबी छ ।

प्रकाशित समय ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु