गृहपृष्ठ पोखराको आकर्षण हिमश्रृंखलादेखि तालसम्म
पोखराको आकर्षण हिमश्रृंखलादेखि तालसम्म
पोखरा पुग्ने पर्यटकले यी स्थान घुम्न छुटाउँदैनन्
?
मौसम खुल्दा पोखराको पोखराकाे अधिकांश ठाउँबाट माछापुच्छ्रे सहितका हिमश्रृंखलाका अवलोकन गर्न सकिन्छ । विश्वकै रमणीय क्षेत्र पोखरा धेरैको घुम्नै पर्ने रोजाइमा पर्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक पर्वको अवसरमा होस् या अन्य बिदाको सदुपयोग गर्न पोखरा पुग्ने गरेका छन् । बालबालिकादेखि युवा वृद्धवृद्धाको रोजाइ समेत पोखरा पर्ने गरेको छ । प्रकृति र संस्कृतिको धनि पोखरा वातावरणीय हिसाबले पनि सुन्दर र शान्त भएको भएकाले चाडपर्वमा पोखरामा पर्यटकको चाप हुने गरेको छ ।

भारतको सिमाना सुनौलीदेखि सडकमार्ग हँुदै वुटवल तथा नारायणगढ हुदै पोखरा, काठमाडौं देखि पोखरा, उत्तरको नाका कोरलाबाट लोमाङथाङ, मुस्ताङ हँुदै पोखरा तथा पूर्वबाट समेत सडकमार्ग हुँदै पर्यटक पोखरा आउने गरेका छन् । त्यसैगरी, काठमाडौं पोखरा, पोखरा भैरहवा, पोखरा चितवन, पोखरा मुस्ताङ लगायतको क्षेत्रबाट समेत हवाइमार्गबाट पनि पर्यटक आउने गरेका छन् ।
सामान्यतया पोखरामा सिटी टुरको रुपमा एक÷दुई दिनको बसाई गर्न सकिन्छ । पोखरालाई आधार बनाएर अन्नपुर्ण बेस क्याम्प, पुन हिल, घोरेपानी टाडापानी लगायतको क्षेत्रमा ट्रेकिङ गर्न सकिन्छ । पोखराको मुख्य पर्यटकीय स्थल लेकसाईड बाहेक पोखरा आसपासका डाँडा क्षेत्रमा समेत होटल तथा रिसोर्टहरु बनेसँगै त्यसक्षेत्रमा पनि पर्यटकको आवागमन बढेको छ ।
धम्पुस, सराङकोट, पुम्दी भुम्दीको विश्व शान्ति स्तुपाको अनदु डाँडा, काँहुडाँडा तथा धराहरा, सुन्दरीडाँडा, रुपाकोट, कुष्ती, लगायतका क्षेत्रमा पर्यटकको रोजाई बढ्दै गएको छ । पुम्दीकोट र सराङकोट दृश्यावलोकनको हिसाबले उत्कृष्ट गन्तव्य हुन । पुम्दीकोट टावरबाट फेवाताल, पोखरा, हिमश्रृंखला सहितको दृश्य अवलोकन गर्न सकिन्छ ।
अक्टोवर र नोवेम्बरमा सबै धेरै पर्यटक पोखरा पुग्ने गरेका छन् । मौसम खुल्ने, वर्षात नहुने र अल्का जाडो सुरु हुने भएकाले यो सिजनमा युरोप, एसिया, मित्रराष्ट्र चिन र भारतबाट समेत पर्यटकहरु नेपाल आउने गरेको छन् ।
पोखराको अर्को आकर्षण फेवाताल पनि हो । वडादसैंको अवसरमा पोखरा घुम्न आउने आन्तरिक पर्यटकको संख्या पनि बढेको तछ । फेवातालकोबीच भागमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न पनि दसैंको बेलामा पोखरा पुग्ने गरेका छन् । मन्दिर दर्शनका लागि डुंगामा सयर गर्दा पाहुनालाई छुट्टै मनोरन्जन हुने गरेको छ । पोखरामा रहेको विन्ध्यावासिनी मन्दिर नेपालकै चर्चित मन्दिरमा भित्र पर्छ ।
दसैं पर्वको अवसरमा पोखराको विन्दवासिनी मन्दिरमा भक्तजनको ठूलो भिड लाग्ने गर्छ । अग्लो स्थानमा रहेको मन्दिरबाट पोखराको शहर सुन्दर देखिन्छ । विन्दावासिनी मन्दिर सुन्दर र सफा रहेको छ । पोखराको अर्को आकर्षण हो, डेभिड फल्स र गुप्तेश्वर गुफा ।
फेवातालको पानी बाधबाट डेभिड फल्सको गल्छी हुँदै गुप्तेश्वर गुफाबाट सेती नदीतर्फ जाने गरेको छ । गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफाभित्र हिड्दाको अनुभव लिन पनि पर्यटकहरु गुफा जाने गरेका छन् । पोखराको महेन्द्र गुफा र चमेरी गुफासमेत चर्चित गुफा रहेका छन् । बाटुलेचौरमा रहेको महेन्द्र गुफा पुगेपछि चमेरी गुफा पनि अवलोकन गर्न सकिन्छ ।
पोखराको मुख्य बजारदेखि करिब १० किलोमिटर टाडामा बेगनास र रुपा तालले पर्यटकहरुलाई मनमोहक पार्ने गरेको छ । बेगनासको मिठो माछा खानका लागि बेगनास निकै चर्चित मानिन्छ । साविक लेकनाथलाई सात तालको नगरिको रुपमा पनि चिनिने गरिन्थ्यो । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय कला, संस्कृति, भेषभुषा बुझ्नको लागि अन्तर्राट्रि«य प्रर्वतीय संग्रहालय पुग्नु पर्छ । संग्रहालयको अवलोकनका लागि विद्यार्थी समेत पुग्ने गरेका छन् ।
पोखरामा पछिल्लो क्रममा पर्यटकहरुको मुख्य आकषर्ण प्याराग्लाइडिङ हुने गरेको छ । सिजनमा कम्तिमा ५ सय भन्दा बढी विदेशी पर्यटकहरु पोखरामा प्याराग्लाइडिङका लागि मात्र आउने गरेका छन् । पोखरा आएका पर्यटकलाई फेवाताल र पोखराको आकासमाथि चरो जस्तै आकाशमा उड्दा खुसी हुने ल गरेका छन् । पोखराको हेम्जामा टावरसहितको बञ्जी समेत रहेको छ । जीप फ्लाई गर्दा हेम्जाको सुन्दर गाउँ, आसपासको हरियो वन जंगल र हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।
पोखराको अर्को आकर्षण हो, अल्ट्रालाइट फ्लाइट । अल्ट्रालाइटमा उडेर पोखरा शहर तथा हिमश्रृंखला हेर्न पाइन्छ । पोखरामा एभिया क्लव, सहित तीन वटा कम्पनीले अल्ट्रालाइट फ्लाइट गर्दै आएकाछन् । पछिल्लो समयमा हेलिकोप्टरले समेत पोखराको दृश्यवालोकन गराउदै आएको छ ।
नेपाली हुन वा विदेशी सबैको रोजाई पोखरा पर्ने गरेको छ । पोखरामा एकै रातमा २० हजार बढी पर्यटक पुग्ने गरेका छन् । ती पर्यटकलाई होटल व्यवसायीले खान बस्नको लागी राम्रो व्यवस्था मिलाएका छन् । पोखरा धार्मिक पर्यटनले विश्वमै परिचित भएकाले थप प्रचार प्रसारमा जोड दिन सरोकारवालाले जोड दिएका छन् ।
प्रकाशित समय ०८:२६ बजे

















