गृहपृष्ठ बिहीबारदेखि ललितपुरमा साफ यू–१५ च्याम्पियनसीप फुटबल
बिहीबारदेखि ललितपुरमा साफ यू–१५ च्याम्पियनसीप फुटबल
आगामी बिहीबारदेखि ललितपुरको सातदोबाटोमा साफ १५ वर्षमुनिको च्याम्पियनसीप हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सातदोबाटोस्थित कम्लेक्समा पत्रकार सम्मेलन गरि यसबारे जानकारी गराएको हो । सातदोबाटोस्थित एन्फाको फुटबल मैदानमा हुने खेलमा नेपालको १५ बर्ष मुनिको राष्ट्रिय युवा टिम लगायत बंगलादेश, भारत, भुटान र पाकिस्तानी टिमको सहभागीता हुनेछ । एन्फाले टीमहरुको प्रशिक्षणका लागि शसस्त्र प्रहरीको हलचोक मैदान र मध्यपुर युथ एसोसियसनको प्रशिक्षण केन्द्र सानोठिमीको मैदान मिलाईएको जनाएको छ । यस च्याम्पियनसीपमा १ करोड ६५ लाख खर्च हुने अनुमान एन्फाले गरेको छ ।
दक्षिण एशियाली फुटबल महासंघ साफको कार्यक्रम अनुसार नै एन्फाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रकाशित समय १९:१० बजे

















