गृहपृष्ठ साफ यू–१५ : पाकिस्तानको विजयी सुरुवात

साफ यू–१५ : पाकिस्तानको विजयी सुरुवात

साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो ।

खेलको ३१आैँ मिनेटमा पाकिस्तानका अदनान जस्टिनको गोलबाट अग्रता लिएको थियो । खेलको ५३आैँ मिनेटमा भारतका थालाचुईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

तर खेल सकिन ५ मिनेट बाँकी छँदा पाकिस्तानका वासिफले गोल गर्दै पाकिस्तानलाई जित दिलाए । जितसँगै समूह ‘बी’मा रहेको पाकिस्तानले तीन अङ्क जोडेको छ ।

प्रकाशित समय १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु