गृहपृष्ठ पीपीएलमा आज चितवन र बुटवल तथा काठमाडौं र धनगढी भिड्ने
पीपीएलमा आज चितवन र बुटवल तथा काठमाडौं र धनगढी भिड्ने
पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेट प्रतियोगितामा शनिबार दुई खेल हुँदैछ । पहिलो खेलमा चितवन राहिनोज र बुटवल ब्लास्टर्स भिड्ने छन् । दोस्रो खेलमा काठमाडौं रोयल्स र धनगढी ब्लूज भिड्न छन् । पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे हुने छ ।
चितवन राहिनोज नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा र बुटवल बलर सोमपाल कामीको कप्तानीमा रहेको छ । त्यस्तै, काठमाडौं ज्ञानेन्द्र मल्ल र धनगढी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रने छ । शुक्रबार भएको उद्धघाटन खेलमा पोखरा पल्टन विजयी भएको थियो । पोखराले विराटनगर टाइटन्सलाई ५८ रनको हराएको थियो ।
प्रकाशित समय ०७:४३ बजे

















