गृहपृष्ठ उडेको केही मिनेटमै १८८ यात्रु सवार विमान दुर्घटनाग्रस्त
उडेको केही मिनेटमै १८८ यात्रु सवार विमान दुर्घटनाग्रस्त
इन्डोनेशियाको लायन एयरलाइन्सको फ्लाइट बोइंग ७३७ जकार्ताबाट उडेलगत्तै दुर्घटनामा परेको छ । फ्लाइट जेटी–६१० इन्डोनेशियाको राजधानी जकार्ताबाट पंगकलका लागि उडेको थियो । उडान भरेको केही मिनेटमै विमान सम्पर्कविहीन भएको थियो ।
यो फ्लाइट समुन्द्र पार गरिरहेको थियो । विमानमा १ सय ८८ यात्रु सवार रहेको बताइएको छ । उनीहरुको अवस्थाबारे अधिकारीहरुले केही बताएका छैनन् । राष्ट्रिय अनुसन्धान तथा राहत उद्धार एजेन्सीका प्रवक्ता युसूफ लतीफले विमान दुर्घटनामा परेको पुष्टि गरेका छन् ।
प्रकाशित समय १०:४३ बजे

















