गृहपृष्ठ पीपीएलमा चितवनको पहिलो जित, धनगढी १२६ रनले पराजित
पीपीएलमा चितवनको पहिलो जित, धनगढी १२६ रनले पराजित
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोज विजयी भएको छ । बुधबार भएको खेलमा पारस खड्काको टिम चितवनले दीपेन्द्रसिंह ऐरीका एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनले पराजित गर्दैै विजयी भएको हो ।
पोखरा रंगशालामा भएको खेलमा चितवनको यो पहिलो जित हो । १९४ रनको लक्ष्य सहित ब्याटिङ गरेको धनगढीले १६.२ ओभरमा सबै विकेट गुमाएर ६७ रन मात्रै बनाउन सक्यो । यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो ।
प्रकाशित समय १२:५९ बजे

















