गृहपृष्ठ मेडिसिटी अस्पताल र अजड् इस्योरेन्सबीच क्यासलेस उपचार सम्झौता
मेडिसिटी अस्पताल र अजड् इस्योरेन्सबीच क्यासलेस उपचार सम्झौता
ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पताल र अजड् इन्स्योरेन्सबीच विशेष सम्झौता भएको छ । सम्झौताअनुसार कम्पनीका ग्राहक र सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । क्यासलेस अर्थात् नगदरहित सेवा ग्राहकले उपचारका लागि भर्नाको अवस्थामा उपभोग गर्न पाउनेछन् ।
इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो । स्वास्थ्य बिमाका माध्यमबाट नागरिकलाई सुलभ स्वास्थ्य उपचार सेवा प्राप्त हुने र स्वास्थ्य सबैको पहुँचमा पुग्ने भएकाले स्वास्थ्य बिमालाई अस्पतालले विशेष जोड दिएको अस्पतालका महाप्रबन्धक रिमालले बताए ।
त्यस्तै, अजड् इन्स्योरेन्सले स्वास्थ्य बिमामा जोड दिएको र भविष्यमा धेरैभन्दा धेरै मानिसमा स्वास्थ्य बिमाबारे सचेतना वृद्धि गर्दै जाने उद्देश्य राखेकोमा अस्पतालसँगको सहकार्य फलदायी रहने खत्रीले बताए ।
प्रकाशित समय १९:२७ बजे

















