गृहपृष्ठ छन्द कविताबाट सरकारलाई व्यंग्य

छन्द कविताबाट सरकारलाई व्यंग्य

कविहरुले श्रृजनामार्फत सरकारको कार्यशैलीप्रति व्यंग्य गरेका छन् । मुलुकभर निर्मला हत्याका दोषीलाई कारबाहीको माग गर्दै प्रर्दशन भईरहेका बेला राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा कविहरुले छन्द कवितामार्फत सरकार निरीह बनेको बताएका हुन् ।

उनीहरुले भ्रष्टाचार, सुन चोरीकाण्ड तथा असुरक्षाको मात्रै चर्चा गरेनन्, दसैंमा शितल निवासमा घुँडा टेकेर टीका लगाउनुपरेको दृष्टान्त माथि पनि व्यंग्य गरे ।

छन्द कवि भुवनहरि सिग्देलले राजनीतिक दलका नेताले बाँड्ने गरेको सपना, संघीयता र खस्कँदै गएको भाषा साहित्यप्रति व्यंग्य गरे । सिमा सुरक्षा, राष्ट्रियता र राष्ट्रिय स्वभिमानलाई मुल मुद्धा बनाउन नसकेका दलका नेताहरुबीच चलेको स्वार्थको राजनीतिमाथि उनको प्रस्तुती पनि निकै मार्मिक थियो ।

खलबलियो शान्ति सुरक्षा र नेतृत्वको आश्वासन एवं खस्कँदो अर्थतन्त्रका विषय पनि कवितामा समावेश थिए । छन्द कवि मित्रलाल पंज्ञानीले स्वदेश सुख र प्रदेशको यथार्थतालाई पनि छन्द कवितामा व्यक्त गरे । कवयत्री देवु लुईंटेलले हत्या, हिंसा र अन्यायविरुद्धको लडाईंमा ढिला भईसकेको भन्दै समाजमा व्याप्त विभेद हटाउन सबै किसिमका बाधा हटाएर एक जुट हुने महिला शसक्तिकरणको सन्देश कवितामा दिइन् ।

कवयत्री देवु लुईंटेलले नेपाली साहित्य र मौलिकताको संरक्षणका लागि लेखन कुञ्जले गरेको छन्द कविताको तेश्रो श्रृंखलालाई ‘आमा विशेष’मा केन्द्रित गरिएको थियो । कविहरुले आमा र बुबाको स्नेहका बारेमा पनि मन छुने श्रृजना पस्किएका थिए ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु