गृहपृष्ठ वाम आन्दोलनमा तुलाधरको योगदान स्मरणीय : प्रधानमन्त्री ओली
वाम आन्दोलनमा तुलाधरको योगदान स्मरणीय : प्रधानमन्त्री ओली
वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री ओलीले शोक व्यक्त गरेका छन् । तुलाधरको निधनलगत्तै सामाजिक सञ्जाल ट्वीटरबाट प्रधानमन्त्री ओलीले शोक व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालको वाम आन्दोलनमा तुलाधरको योगदान स्मरणीय रहने बताएका छन् ।
वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु । pic.twitter.com/t4KgRGKIAJ
— KP Sharma Oli (@PM_Nepal) November 4, 2018
प्रकाशित समय १५:१९ बजे

















