गृहपृष्ठ पीपीएलको उपाधि पोखरा पल्टनलाई
पीपीएलको उपाधि पोखरा पल्टनलाई
पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पोखरा पल्टनले हात पारेको छ । पोखरा रंगशालामा भएको खेलमा पोखराले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखराले उपाधि हात पारेको हो ।
चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । विजेताले २७ लाख रूपैयाँ पुरस्कार पाउनेछ ।
प्रकाशित समय १४:५५ बजे

















