गृहपृष्ठ नेप्सेको वेबसाइटमा समस्या, अन्योलमा लगानीकर्ता
नेप्सेको वेबसाइटमा समस्या, अन्योलमा लगानीकर्ता
अनलाइन कारोबारको उत्साहजनक सुरूवात हुँदै गर्दा नेप्सेको वेबसाइटमा भने समस्या देखिएको छ । वेबसाइटमा समस्या आएपछि लगानीकर्ताले कारोबार मापन गर्ने मुख्य सूचक, उपसूचक र कारोबारबारे प्रत्यक्ष जानकारी पाउन सकेका छैनन् ।
नेप्सको वेबसाइटमा मार्केट ओपन देखिए पनि सोमबारकै इन्डेक्स देखिएको छ । यसअघि पनि नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा पटक–पटक समस्या समस्या देखिने गरेको थियो ।
नेप्सेले मंगलबारदेखि पुरानो प्रणाली छाडेर नयाँबाट कारोबार सुरु गरेको हो । नेप्सेका प्रवक्ता मुरारी पराजुलीले नेप्सेको वेबसाइटमा पुरानै समस्या दोहोरिएको बताए । ‘सेयर कारोबारको तथ्यांक इन्टरनेटमा अपडेट नभएको हो,’ न्युज कारोबारसँग उनले भने, ‘इन्ट्रानेटमा कारोबार भइरहेको छ ।’ समस्याको दीर्घकालीन समाधानका लागि प्रयास गरिरहेको उनले जानकारी दिए ।
प्रकाशित समय १५:१० बजे

















