गृहपृष्ठ अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारि प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने
अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारि प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । यसका लागि आईतवार प्रदशेसभाको आकस्मिक बैठक बोलाइएको छ । यसअघि २१ मा बैठक बस्ने तय भएको थियो । अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्न शनिबार लुम्बिनी आउने अवसर पारि संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको संसद सचिवालयका सचिव मानबहादुर विकले जानकारी दिए ।
प्रधानमन्त्री ओली बौद्ध सम्मेलन र बुद्ध जयन्ती अवधीभर तीन दिनसम्म लुम्बिनीमा बस्ने कार्यक्रम छ। १७ गतेको बुद्धजयन्ती मुल समारोहको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आउने भएकी छन्। १५ गते अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्ने प्रधानमन्त्री ओलीले १६ गते संसदमा सम्बोधन गरेपछि लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई पनि सम्बोधन गर्नेछन्। प्रदेशसभामा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको यो पहिलो कार्यक्रम हो। प्रधानमन्त्री सम्बोधनको लागि मात्र तय गरिएको कार्यत्रम रहेकोले अन्य कार्यसूची नभएको संसद सचिवालयले जनाएको छ।
प्रकाशित समय ०९:०३ बजे
















