गृहपृष्ठ कौडा खेल्न नदिएको भन्दै दैलेखमा प्रहरीमाथि आक्रमण
कौडा खेल्न नदिएको भन्दै दैलेखमा प्रहरीमाथि आक्रमण
दुई प्रहरी घाइते
दैलेखमा सडक नै अवरुद्ध गरी कौडा खेल्ने समूह र प्रहरीबीच झडप भएको छ । दुल्लू नगरपालिकाको कृति खम्बमा सडक नै अवरुद्ध हुने गरी कौडा खेलिरहेको समूहलाई प्रहरीले हटाउन खोजेपछि झडप भएको हो । शुक्रबार राति ४० जनाको समूहले प्रहरीमाथि नै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।
आक्रमणबाट दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह विष्ट र प्रहरी साहयक निरीक्षक सुजन खड्कारहेका छन् । उनीहरु दुबैको टाउकोमा चोट लागेको छ । विष्टको टाउकोमा चार टाँका लगाइएको छ भने खड्को टाउकोमा गहिरो चोट लागेको छ । घाइते दुबैजनाको दुल्लू अस्पतालमा उपचार भइरहेको छ ।
डिएसपी पोखरेलकाअनुसार कौडा खेल्ने समूहले आक्रमण गरेपछि त्यसलाई रोक्न चार राउण्ड हवाई फायर गरिएको थियो । तिहारको अवसरमा कौडा खेल्न पाउनुपर्ने उक्त समूहको माग थियो ।
प्रकाशित समय १२:११ बजे

















