गृहपृष्ठ ऊर्जा मन्त्रालयको निर्णयमा इपानको आपत्ति

ऊर्जा मन्त्रालयको निर्णयमा इपानको आपत्ति

ippan-press-release-newskarobar

ऊर्जा मन्त्रालयले स्वीकृत गरेको ‘विद्युत आयोजनाको अनुमति पत्रसम्बन्धी निर्देशिका’ मा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आपत्ति जनाएको छ । इपानले जलविद्युत आयोजनाको जडित क्षमता निर्धारण सम्बन्धमा २०७३ को निर्देशिकामा कायम गरिएको हाइड्रोलोजिकल टाइम सिरिज डाटाको प्रोब्याबलिटी अफ एक्सिडेन्स क्यु४० लाई परिवर्तन गरी क्यु४५ बनाइएको भन्दै आपत्ति जनाएको हो ।

क्यु४० लाई परिवर्तन गरी क्यु४५ बनाउँदा प्राकृतिक स्रोतको अधिकतम उपयोग नहुने इपानको ठहर छ । यसको असर राष्ट्रले प्राप्त गर्ने रोयल्टीमा समेत पर्ने इपानले जनाएको छ । इपानले जलविद्युत आयोजनाको जडित क्षमता निर्धारण गर्दा जलस्रोतको अधिकतम उपयोग, विद्युत बजारको विस्तार र लगानीको अधिकतम प्रतिफललाई समेत आधार मान्नुपर्ने र हाइड्रोलोजिकल टाइम सिरिज डाटाको प्रोब्याबलिटी अफ एक्सिडेन्सलाई क्यु४५ नबनाई अन्य विकल्प खोज्न ऊर्जा मन्त्रालयसमक्ष माग गरेको छ ।

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु