गृहपृष्ठ सरकारले फेरि थप्यो एआईजीको दरबन्दी, चारजना डिआईजी बढुवा सिफारिसमा

सरकारले फेरि थप्यो एआईजीको दरबन्दी, चारजना डिआईजी बढुवा सिफारिसमा

सरकारले नेपाल प्रहरीमा ४ अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेको छ । निर्वाचन आयोगको स्वीकृतिमा एआईजीको दरबन्दी थपिएको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले दरबन्दी थपेसँगै प्रहरीमा अब एआईजीको संख्या १६ पुगेको छ ।

यसअघि महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा विभाग स्तरका कार्यालय गरी ७ स्थानमा मात्रै एआइजीको दरवन्दी कायम गरिएको थियो । तर मुलुक ७ प्रदेशको संघीय अवधारणामा गएपछि हरेक प्रदेशमा विशिष्ठ श्रेणीका प्रहरीलाई पठाउने निर्णयपछि संख्या थपिएको थियो ।

अब प्रहरी अस्पताल, प्रहरी प्रशिक्षण प्रतिष्ठान, महानगरीय प्रहरी कार्यालय, विभाग र ७ प्रदेश प्रहरी प्रमुखसहित एआइजीले नेतृत्व गर्ने कार्यालयको संख्या १६ पुगेको छ । एआईजीको संख्या थपेको मन्त्रिपरिषद बैठकले २०४४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ र माधवकुमार नेपाललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । डीआइजीद्वय गोविन्द निरौला र रोमेन्द्रसिंह देउजा भने सिफारिसमा परेका छैनन् । उनीहरु एआइजीका दाबेदार मानिएका थिए ।

प्रकाशित समय १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु